काठमाडौं । नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकले यस क्याम्पेन अन्तर्गत ६० प्रतिशत सम्मको छुट, निःशुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचरहरु प्राप्त गर्न सकिनेछ ।
फागुन १९ देखि २३ गतेसम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । क्याम्पेन अवधिभर दराजका ग्राहकले फ्ल्याश सेल मार्फत दैनिक रूपमा आकर्षक छुटको लाभ लिन सकिने बताइएको छ । यस अन्तर्गत ग्राहकले सिताफिल, अइविबी, डा. केयर लगायतका विभिन्न ब्रान्डहरूमा ६० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।
सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ । ग्राहकलाई दराज एपको फ्ल्याश सेल सेक्शन नियमित रूपमा जाँच गर्न कम्पनीले अनुरोध गरेको छ । त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकले थप आकर्षक अफरको अनुभव प्राप्त गर्न सक्नेछन् ।
यस कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जानकारी दिइएको छ । तर, यसका लागि दावी योग्यता र मापदण्ड अनुरूप हुनुपर्नेछ । ३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा निःशुल्क डेलिभरी सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकले कम्तीमा रु. ४९९ को खरिद गर्दा चुनिएका विक्रेताबाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन् ।
निःशुल्क डेलिभरीका भाउचरहरू प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सकिनेछ । ३.३ क्याम्पेन, केवल छुट र बचतका लागि मात्र नभई उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिदै आइरहेको कम्पनीको भनाइ छ ।
क्याम्पेन अन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनमा अविश्वसनीय अफरहरू उपलब्ध रहने जानकारी दिइएको छ । दराज नेपालदद्वारा आयोजना हुन लागेको ३.३ क्याम्पेनबारे थप जानकारीका लागि www.daraz.com.np दराज नेपालको फेसबुक पेज वा दराज एप ब्राउज गर्न सकिनेछ ।
दराज ग्रुपबारे जानकारी :
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमार मा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । ५० करोड भन्दा बढी जनसंख्या रहेको र तीव्र रूपमा बढ्दो बजारलाई लक्षित गर्दै दराजले अनलाइन बजार, लॉजिस्टिक्स, भुक्तानी तथा वित्तीय सेवाहरू को समन्वय गर्दै एकीकृत पूर्वाधार निर्माण गरेको छ । दराजको उद्देश्य व्यापारको माध्यमबाट दक्षिण एसियाली समुदायलाई सशक्त बनाउनु हो ।
Comments are closed.