कोरिया शैक्षिक परामर्श संघ नेपालको अध्यक्षमा खड्का

काठमाडौं । कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) को तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार काठमाडौंको स्मार्ट प्यालेसमा भएको अधिवेशनले विष्णु खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नवगठित कार्यसमितिको अध्यक्षमा खड्कासहित समितिको वरिष्ठ उपाध्यक्षमा रमेश अधिकारी, उपाध्यक्षमा शशीप्रसाद भट्टराई, महासचिवमा नरेशप्रसाद सेडाई, सचिवमा बद्रीप्रसाद ढकाल र कोषाध्यक्षमा द्रोणविक्रम थापा रहेका छन् । कार्यकारी समितिको सदस्यहरूमा गणेश पोखरेल, रमेश पाठक, यदुनाथ उपाध्याय, गीताकुमारी सुवेदी, सन्तोषी पन्त, प्रमोद ढुङ्गाना, रिजन मडै, नारायणकृष्ण श्रेष्ठ चुनिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । कोरिया शैक्षिक परामर्श संघ नेपालका संस्थापक अध्यक्ष गणेश शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.