अनलाइन अनुगमन प्रणालीप्रति पोखरा उद्योग वाणिज्य संघको ध्यानाकर्षण

आर्थिक आवाज
पोखरा, १ साउन । साउन १ गतेबाट लागु भएको वेबमा आधारित अनलाइन ढुवानीमा साधन अनुगमन प्रणाली (भिसिटिएस) प्रति पोखरा उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । महासचिव अर्जुन पोखरेलद्वारा जारी विज्ञप्तिमा उक्त प्रणाली तत्कालको लागि स्थगित गर्न आग्रह गरिएको छ ।

‘वेबमा आधारित अनलाइन ढुवानी अनुगमन प्रणाली नेपालको लागि सर्वथा नौलो अभ्यास हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रणालीबारे अहिलेसम्म उद्योगी व्यवसायीहरुलाई दिएको जानकारी पर्याप्त मात्रै हैन, अव्यवहारिक समेत रहेको संघको ठहर रहेको छ ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.