काठमाडौंमा फागुन २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै

काठमाडौं । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको पूर्व तयारीका सन्दर्भमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालसंग छलफल गरेको छ ।

आउँदो फागुन २६ र २७ गते काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको र त्यसको पूर्व तयारीका बारेमा नाडालाई मन्त्रालयले जानकारी दिएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसंग छलफल गरेको छ ।

अटोमोवाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य, आवश्यक जनशक्ति निर्माण, अटोमोवाइल क्षेत्र बाहिरको सभावनाको पहिचान, तालिम केन्द्रहरु स्थापना, अन्तर मन्त्रालयबीच सहकार्य, सहमतीका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयमा छलफल भएको जनाइएको छ । छलफलमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर, सहसचिव दण्डुराज घिमिरे, अटोमोटिभ स्किल डेभलपमेण्ट काउन्सिल (एयसडिसी) का कार्यसमिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले सम्मेलनका सन्दर्भमा जानकारी दिएका छन् ।

उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र बैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर—तह, अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य राखेर काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालसंग सहकार्य र समन्वय गर्नेछ भने स्वरोजगार सम्मेलनमा नाडाको एउटा स्टल समेत रहनेछ । छलफलमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सहकोषध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्यसमिति सदस्य कपिल शिवाकोटी, दिपेन्द्रकुमार मिश्रा, नवराज भुसाल, प्रकाश कपुरी, प्रदिपमान प्रधान, अभिक ज्योति, निलमणी पाठक, नविनकुमार पारख, नारायणप्रसाद पौडेलको, वाडाका अध्यक्ष दिपेन्द्र कोइराला समेतको उपस्थिति रहेको थियो ।

मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने विषयमा समेत छलफल भएको छ । सो कार्यका लागि अटोमोटिभ स्किल डेभलपमेण्ट काउन्सिल (एयसडिसी) ले नाडालाई आवश्यक सहयोग गर्नेछ ।

गत जनवरीको १७ देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा सम्पन्न भारत मोविलिटी २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ति तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिम कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशन एसिएमए, एयसडिसि र एनएडिए बीच त्रिपक्षिय ४ बुँदे सम्झौता समेत गरेको छ ।

 

You might also like

Comments are closed.