चितवन । एमएडब्लु वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्वस्तरीय फोटोन शोरूमको शुभारम्भ गरेको छ । यसलाई कम्पनीको विश्वस्तरीय व्यावसायिक सवारी साधन र सेवाहरूतर्फ अगाडि बढ्ने एक प्रमुख कदमका रुपमा हेरिएको छ ।
यस कदमले यस क्षेत्रमा “गुणस्तरीय, कुशल र भरपर्दो गतिशीलता समाधान” को बढ्दो मागलाई पूरा गर्ने अपेक्षा लिइएको छ । नयाँ शोरूम कुनै पनि व्यवसायका आवश्यकतालाई पूरा गर्न सक्ने फोटोनका उच्चस्तरीय व्यावसायिक ट्रकहरूको विस्तृत दयाराले सुसज्जित छ । नवप्रवर्तन र प्रदर्शनका लागि निर्मित यस शोरुमले नेपालको व्यावसायिक सवारी साधनको क्षेत्रमा उन्नत प्रविधि, स्थायित्व र यातायात अर्थतन्त्रलाई मद्दत गर्दछ ।
शोरूमको स्थापना रणनीतिक रुपमा चितवन र आसपासका क्षेत्रका ग्राहकको पहुँच र गुणस्तरीय सेवालाई ध्यानमा राखेर गरिएको हो । यस सुविधाले ग्राहकको समग्र यात्रा अनुभवको लागि विशेष परामर्श, आफ्टर सेल्स सर्भिस र मर्मत सम्भारका सेवाहरू प्रदान गर्दै फोटोनका नविनतम सवारी साधनहरू समेत प्रदर्शनमा राख्नेछ । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेहिकलले नेपालमा यातायातको क्षेत्रमा वास्तविक गेम चेन्जरको रुपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यान औपचारिक रूपमा सुरु गरेको छ ।
आरामदायी हेडस्पेसको सुविधा दिने हेतुले माउन्टेन ईभी भ्यानलाई अग्लो छत सहितको फराकिलो भित्री भागमा १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी कन्फिगर गरिएको छ । ५०.२३ किलोवाट प्रति घण्टाको ब्याट्रीले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । जसले यसलाई नेपालको कठिन भूभागको लागि उपयुक्त बनाउँछ ।
यस कार्यक्रममा सरोकारवाला, ग्राहक र प्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति रहेको थियो । व्यवसायको लागि राम्रो यातायात सिर्जना गरेर आर्थिक उन्नतिलाई प्रवद्र्धन गर्ने शोम उद्घाटन गरिएको हो । यो विस्तार सँगै नेपालको व्यावसायिक सवारी साधन बजारमा एमएडब्ल्यु वृद्धि कमर्सियलले आफ्नो जरा अझै मजबुत बनाएको छ ।
देशभर व्यवसाय र उद्योगहरू निर्माण र विकास गर्न गुणस्तरीय सवारी साधन र उत्कृष्ट सेवा प्रदान गरेर उनीहरूले यसलाई पुष्टि गरेका छन् । एमडी विवेक सिकरियाका अनुसार कम्पनी दिगो गतिशीलताप्रति सधैं प्रतिबद्ध छ । एमएडब्लु वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो सफलता हासिल गरिसकेको व्यावसायिक ईभीको अग्रणी ब्राण्ड फोटोनले नेपालमा हरित यातायातको व्यापकतालाई सक्षम बनाउने बताए ।
माउन्टेन ईभीको उद्घाटन र चितवनमा एमएडब्लु वृद्धिको नयाँ शोरूमको एकसाथ सुरुवात नेपालमा दिगो गतिशीलताको विस्तारतर्फको एक महत्त्वपूर्ण कदम हो । यो कोसेढुङ्गाले ब्रान्डको उपस्थिति बढाउँदै यस क्षेत्रका टाढा–टाढाका ग्राहकका लागि नवीन ईभी समाधानहरू प्राप्त गर्न सहज बनाउनेछ । यसरी एमएडब्लु वृद्धिले नेपाललाई हरियाली अटोमोटिभ भविष्यतर्फ डोर्याउँदैछ ।
एमएडब्लु वृद्धि कमर्सियलको बारेमाः
उत्कृष्ट गतिशीलता समाधानहरू विकास गर्न र उपलब्ध गराउन प्रतिबद्ध एमएडब्लु वृद्धि कमर्सियल नेपालको एक व्यावसायिक सवारी साधन आपूर्तिकर्ता कम्पनी हो । फोटोन सवारी साधनको अधिकृत वितरक समेत रहेको यस कम्पनी ग्राहकको सन्तुष्टि पूरा गर्दै आफ्नो विश्वसनीयता बढाउँदै गएको छ । देशभरका शोरूम र सेवा केन्द्रको बढ्दो सञ्जाल मार्फत् कम्पनीले व्यावसायिक उद्यमलाई उच्च गुणस्तरका सवारी साधन र विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गरिरहेको छ ।
Comments are closed.