शैक्षिक सामग्री हस्तान्तरण तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । बालोदय माध्यमिक विद्यालय पोखरामा गठित विद्यार्थीको क्लब क्लबको आयोजनामा शैक्षिक सामग्री हस्तान्तरण तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका–५ मा अवस्थित बाँस्कोट आधारभुत विद्यालयका ४० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला, कापी, कलम लगायतका शैक्षिक सामग्रीहरू हस्तान्तरण तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कृष्णप्रसाद पनेरुले यस विद्यालयले गरेको कार्य अत्यन्तै राम्रो रहेको बताउँदै अन्य विद्यालयले पनि यस्ता खालका कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् । विद्यालका संस्थापक एवम् सूचना प्रविधि प्रमुख रघु ज्ञवालीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए भने विद्यालयका संस्थापक एवम् क्लब संयोजक गुप्तबहादुर क्षेत्रीले हाजिरीजवाफ प्रतियोगिताको सहजिकरण गरेका हुन् ।

बालोदय माविका विद्यार्थी तथा शिक्षकले आफ्नो जन्मदिवसको अवसरमा सहयोग गरिएको रकम सङ्कलन गरी क्लबको व्यवस्थापनमा सहयोग तथा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख इश्वर ढकालले जानकारी दिए ।

कार्यक्रममा वडा सदस्य पूर्णबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलापति तिमिल्सिना, प्रधानाध्यापक निलकण्ठ शर्मा, सहायक प्रधानाध्यापक सावित्री ढकाल, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावक लगायत सहभागी थिए । शिक्षक प्रतिनिधि पद्मा अर्यालको सञ्चालनमा चलेको कार्यक्रम क्लबका अध्यक्ष विद्यार्थी दिप्सन ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

You might also like

Comments are closed.