बेगनास कपमा आइतबार ६ खेल सम्पन्न

लेखनाथ । बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखि जारी तेश्रो बेगनास कपमा आइतबार ६ खेल सम्पन्न भएका छन । आईतबार सम्पन्न पहिलो खेलमा राईजिङ स्टार युथ क्लब रिठेपानीले रोयल एच के फेमेलीलाई २–० को अन्तरले पराजित गरेको छ ।

यस्तै दोश्रो खेलमा ए स्टार क्याफे ‘ए’ र एल सि ब्रर्दश विच खेल हुने भनिएकोमा निर्धारित समयमा पनि खेलमा उपस्थित नभएपछि सिधै वाकओभर पाउँदै ए स्टार क्याफे ‘ए’ अघिल्लो चरणमा प्रवेश गरेको छ । तेश्रो खेलमा ईन्द्रेणी युथ क्लब लामास्वारा ले क््रयास क्याफे लाई २–१ को अन्तरले पराजीत गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलीएको थियो ।

आइतबार नै भएको चौंथो खेलमा बिग सिटि क्याफेले चेतनशिल आर्दश युवा क्लवलाई ३–१ ले पराजित गरेको छ । एन के क्लव र आयोजक बेगनास युवा क्लव सेतो बीच भएको प्रतिष्पर्धामा एन के क्लवले २ गोल गर्दै अगाडीको यात्रा तय गरेको छ भने बेगनासले कुनै पनि गोल गर्न सकेन ।

आइतबार भएको अन्तिम खेलमा हिमाल एण्ड रक्षाले १–० को अन्तरले वसन्ती मेमोरियललाई पराजित गरेको छ । फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक विज्ञान कोइरालाले जानकारी दिए ।

You might also like

Comments are closed.