काठमाडौं । रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट मजबुती र सहज प्रदर्शनको लागि डिजाइन गरिएका यी स्मार्टफोनमा लामो समयसम्म टिक्ने ब्याट्री रहेको छ ।
रियलमी नेपालका ब्रान्ड म्यानेजर काजोल झालेले रियलमी नोट ६० र नोट ६० एक्सको लन्चसँगै अत्याधुनिक प्रविधि र च्याम्पियन स्तरको गुणस्तर नेपाली ग्राहकलाई सुलभ मूल्यमा प्रदान गर्ने प्रतिबद्धतालाई पुनः उजागर गरेको बताए ।
रियलमी नोट ६० : च्याम्पियन क्वालिटी
युनिसोक टी ६१२ प्रोसेसरद्वारा सञ्चालित रियलमी नोट ६० ले २५२,५९७ एन्टुटु बेन्चमार्क स्कोर प्राप्त गरेको यो स्मार्टफोनले गर्दा गेमिङ, मल्टिटास्किङ र सामान्य कार्यमा स्मूथ र सहज अनुभव प्रदान गर्छ । साथमा एआई बुस्ट इन्जिनको सहायताले यसको प्रदर्शनलाई अझ प्रभावकारी बनाउँछ ।
रियलमी नोट ६० मा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री छ, जसले ३० घण्टाभन्दा बढी भ्वाइस कलिंग सुनिश्चित गर्छ भने १००० चार्ज साइकलपछि पनि ८० प्रतिशत ब्याट्री हेल्थ कायम रहने भएकाले यो स्मार्टफोन लामो समयसम्म टिकाउ हुने कम्पनीले जनाएको छ । ४+८ जीबीको डायनामिक ¥याम सपोर्ट गर्ने रियलमी नोट ६० ले छिटो र प्रतिक्रियात्मक मल्टिटास्किङ अनुभव प्रदान गर्छ । १२८ जीबी रोम र २ टीबी माइक्रो एसडी कार्ड सपोर्टसहित प्रयोगकर्ताहरूले आफ्ना कन्टेन्टहरु निश्चिन्त भएर स्टोर गर्न सक्नेछन् ।
३२ मेगापिक्सेलको सुपर क्लियर क्यामेरा र नाइट मोड सहितको यो स्मार्टफोनले कम लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्न सक्छ । ६.७४–इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्लेले सहज भिजुअल अनुभव प्रदान गर्छ । जसमा ५६०–निट्स पीक ब्राइटनेस र आई कम्फर्ट मोड जस्ता सुविधाहरू उपलब्ध रहेका छन् ।
रियलमी नोट ६० टिभी राइनल्याण्ड उच्च विश्वसनीयता प्रमाणीकरण प्राप्त स्मार्टफोन हो, जसले गर्दा दैनिक प्रयोगमा पर्ने दबाब यसले सहजै सहन सक्छ । आईपी ६४ डस्ट एण्ड वाटर रेसिस्टेन्स, आर्मरशेल प्रोटेक्सन र रेनवाटर स्मार्ट टच टेक्नोलोजी सहितको यो स्मार्टफोन चुनौतीपूर्ण अवस्थामा पनि उत्कृष्ट प्रदर्शन प्रदान गर्छ ।
रियलमी नोट ६० एक्सः बिल्ट टु लास्ट
रियलमी नोट ६० एक्स आईपी ५४ डस्ट एण्ड वाटर रेजिस्ट्यान्स, आर्मरशेल प्रोटेक्सन र ४८–महिनासम्मको स्मूथ परफर्मेन्स ग्यारेन्टी सहित लामो समय टिक्न डिजाइन गरिएको स्मार्टफोन हो । यसमा रहेको युनिसोक टी ६१२ प्रोसेसरले सहज गेमिङका साथमा दैनिक कार्यहरूमा पनि उत्कृष्ट प्रदर्शन प्रदान गर्छ ।
५००० एमएएचको विशाल ब्याट्री रहेको रियलमी नोट ६० एक्सले ४८ दिनसम्म स्ट्यान्डबाइ टाइम दिन्छ । १००० चार्ज साइकलपछि पनि ८०% ब्याट्री हेल्थ कायम रहने कम्पनीले जनाएको छ । डायनामिक ¥याम मार्फत १२ जीबीसम्म विस्तार गर्न सकिने यो स्मार्टफोनले जुनसुकै कार्यमा उच्च गति र प्रतिक्रियात्मक अनुभव प्रदान गर्छ । २ टीबी माइक्रोएसडी कार्ड सपोर्टले प्रयोगकर्ताहरूलाई प्रशस्त स्टोरेज स्पेस उपलब्ध गराउँछ ।
रियलमी नोट ६० एक्समा ६.७ इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्ले छ । जसले सहज स्क्रोलिङ र टच सेन्सिटिभिटी प्रदान गर्छ । १८० हर्ज टच स्याम्प्लिङ रेट र ५६०–निट्स पीक ब्राइटनेस सहित यसले उत्कृष्ट दृश्य अनुभव दिन्छ । ७.८४ मिलिमिटरको मोटाइ, १८७ ग्राम तौल र स्ट्रेट–एज मिडल फ्रेम डिजाइन रहेको रियलमी नोट ६० चलाउन निकै सहज छ ।
रियलमी नोट ६० को ६+१२८ जीबी भेरियन्ट रु.१६,४९९ मा उपलब्ध छ भने रियलमी नोट ६० एक्स को ४+६४ जीबी भेरियन्ट रु.१३,४९९ मा उपलब्ध छ । यी दुवै स्मार्टफोनहरू नेपालभरका सबै आधिकारिक रियलमी रिटेल बिक्रेतामार्फत आजैदेखि खरिद गर्न सकिनेछ ।
Comments are closed.