सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू १४ र चाँदी प्रतितोला रू २५ बढेको हो ।

सोमबार प्रतितोला रू १ लाख ६८ हजार १ सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू १ लाख ६९ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रू १ हजार ९४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.