बिशेष अफरसहित यामाहा मेगा सर्भिस क्याम्प चल्दै

काठमाडौं । यामाहा नेपालले आयोजना गरेको यामाहा मेगा सर्भिसमा बिशेष अफर ल्याएको छ । यही फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रमा यामाहा मेगा सर्भिस चलिरहेको छ । सर्भिस क्याम्पको साथमा देशभरका यामाहा चालकका लागि बिशेष अफर रहेको छ ।

यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा उत्कृष्ट इन्जिन कार्यसम्पादनको लागि यामा ल्युबमा १५ प्रतिशत, टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पाट्र्समा १० प्रतिशत, लेबर चार्जेजमा ५० प्रतिशत छुट, सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक–अप, निःशुल्क बाइक वाश, निःशुल्क एएमसी कार्ड र सर्भिस क्याम्पमा आउने ग्राहकका लागि गिफ्ट ह्याम्परको सुबिधा रहेको छ ।

नेपालभरी २ सय भन्दा बढी अधिकृत सेवा केन्द्रहरू भएको यामाहाले दक्ष प्राविधिकमार्फत् विशेषज्ञ सेवा प्राप्त गर्न सकिनेछ । योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिको साथमा आफ्नो बाइकको प्रदर्शनका लागि ग्राहकले यामाहा एफआई स्टेशनबाट जेनुइन एफआई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्नेछन् । एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले यामाहा मेगा सर्भिस क्याम्पमार्फत् ग्राहकलाई सुलभ मुल्यमा विशेषज्ञ हेरचाह र सेवा प्रदान गर्ने बताएका छन् ।

एमएडब्ल्यु राइड्स अन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो । नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथ बजारको नेतृत्व गरिरहेको छ । फागुन १८ देखि २४ गतेको बीचमा आफ्नो नजिकको यामाहा सेवा केन्द्र र अधिकृत सर्भिस पोइन्टमा गएर सो सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.