काठमाडौं । साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर टि ०३ को लन्च गरेको छ । मंगलबार सिल्वर ओक ब्यान्क्वेट काठमाडौंमा एक विशेष समारोहका बीच लिपमोटर टि ०३ को आधिकारिक रूपमा लन्च गरिएको हो ।
लिपमोटर टि ०३ मा ३७.३ किलोवाट ब्याट्री रहेको छ, जसको डब्लुएलटिपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ । यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव दिन्छ ।
साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरेका छन् । “हामी लिपमोटर टि ०३ नेपालमा प्रस्तुत गर्न उत्साहित छौं, दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ” प्रबन्ध निर्देशक गोल्छाले भने ।
नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान र लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले आफ्ना धारणा राख्दै सेवा लिन ग्राहकलाई आग्रह गरेका छन् । साङ्ग्रिला मोटर्स प्रालि २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ । सि १० को हालको लञ्च र अहिले लिपमोटर टि ०३ को लञ्चले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ सुदृढ बनाएको छ ।
प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य रहेको साङ्ग्रिला मोटर्सले गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ । नेपालमा लिपमोटर र सिट्रोनका आधिकारिक विक्रेता साङ्ग्रिला मोटर्सले नवीनतम प्रविधियुक्त र दिगो विकासलाई प्राथमिकता दिने सवारी साधनलाई प्राथमिकतामा राख्दै आएको छ ।
Comments are closed.