बजाज ग्राण्ड एक्सचेन्ज मेला जारी, मेलामा ग्राहकलाई नगद छुट

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गरेको छ ।

यही फागुन २० देखि २६ गतेसम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ । यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकले आफ्नो साधन अपग्रेड गर्न सक्नेछन् । बालाजु पेट्रोल पम्पको उत्तरपट्टी कैलाश सिनेमा हल अगाडी रहेको मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ ।

मेलामा ग्राहकले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने मेलामा अतिरिक्त रू.१० हजार भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, अन–द–स्पट फाइनान्स सुविधा अन्तर्गत ९.९९ प्रतिशत ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ । ‘नयाँ जिवनको तयारी बजाजको सवारी’ भन्ने ट्यागलाईनको साथ सञ्चालन भइरहेको यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकले रू.७ हजार सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसारिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिनेछ । साथै, शुन्य प्रतिशत सर्भिस चार्जको विशेष सुविधा पनि रहनेछ । हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकलाई नयाँ र फरक सेवा, सुविधा प्रदान गर्दै आएको छ ।

 

You might also like

Comments are closed.