महिन्द्रा केयर फेस्ट जारी, अफरले सेवाग्राही आकर्षित

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले आयोजना गरेको महिन्द्रा केयर फेस्ट जारी छ ।

फेस्ट शुक्रबारसम्म चल्ने प्रालिले जनाएको छ । फागुन १८ गते आइतबार सुरु भएको फेस्टमा ग्राहकको आकर्षण बढ्दो रहेको कम्पनीले जनाएको छ । देशभरका सर्भिस सेन्टरमा फेस्ट चलेको र सबै सर्भिस सेन्टरमा सेवाग्राहीको आकर्षण देखिएको प्रालिका मार्केटिङ इन्चार्ज विवेक रायले जानकारी दिए ।

बिहीबार र शुक्रबार पनि सेवाग्राहीको आकर्षण देखिने कम्पनीले विश्वास लिएको छ । आजै आफूलाई पायक पर्ने आधिकारिक सर्भिस सेन्टरमा गई आफ्नो गाडीको मर्मत गराई ढुक्क हुन कम्पनीले आग्रह गरेको छ ।

४५ प्वाईन्ट फ्रि चेक अप, निःशुल्क सेवा शुल्क, निःशुल्क वाशिङ, निःशुल्क स्वास्थ्य परीक्षण, लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पाट्र्सहरुमा ५० प्रतिशत सम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपन साथै अन्य आकर्षक उपहारले ग्राहक लाभान्वित भएको कम्पनीले जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.