टीभीएस अपाचेले एक लाख सेलिब्रेशन डे मनाउँदै

काठमाडौं । टीभीएस अपाचेले एक लाख सेलिब्रेशन डे आयोजना गरेको छ । ललितपुरको युएनपार्कमा यही फागुन २३ देखि २६ गते सम्म आयोजना हुने यस कार्यक्रमले राइडर र परफर्मेन्स बाइकिङका प्रशंसकलाई नयाँ अनुभव प्रदान गर्नेछ ।

रोमाञ्चक खेलकुद गतिविधि र प्रतियोगिता समावेश गरिनेछन् । जसअन्तर्गत सहभागीले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारपनि प्राप्त गर्न सक्नेछन् ।

यो विशेष इभेन्टमार्फत इनफ्लुएन्सर, भ्लगर र अपाचेप्रेमी एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ । जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्नेछन् ।

आफ्नो पूरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्नका लागि एक सुनौलो अवसर रहेकाले लाभ लिन कम्पनीले ग्राहकलाई अनुरोध गरेको छ । ग्राहकले २ वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिसको मज्जा लिनुका साथै ३१ लाखसम्म बचत गर्ने अवसर प्रदान गर्नेछ ।

एक्सचेन्ज मूल्याङ्कनमा १० हजार सम्मको मुल्याङ्कन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधापनि उपलब्ध हुनेछ । यस अन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा नयाँ अपाचे खरिदकर्तालाई निःशुल्क एक्सेसरीजको व्यवस्था पनि रहेको छ ।

यस कार्यक्रमको आयोजक नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्स हो । लाइफटाइम वारेन्टी कभरेज र डेडिकेटेड एक्सपेरियन्स जोन सहित, टीभीएस अपाचेले नेपालमा बाइकिङको परिभाषा नै परिवर्तन गरिरहेको छ ।

नेपालको सबैभन्दा रोमाञ्चक बाइकिङ अनुभवको हिस्सा बन्न नछुटाउन कम्पनीले सबैलाई आग्रह गरेको छ । थप जानकारीका लागि नजिकको टीभीएस शोरूम वा टीभीएस नेपालका आधिकारिक सामाजिक सञ्जालहरू फलो गर्न सकिनेछ ।

You might also like

Comments are closed.