काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । इन्स्योरेन्सका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल शंखमुल स्थित बैंक्वेट काठमाडौंमा साधारण सभा आयोजना गरिएको हो ।
अध्यक्ष श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतको परिचालन गरी दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए । सबै सरोकारवालाको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै लैजाने उनले उल्लेख गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको बताए । शेयरका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतका शेयरधनीले आफ्ना भनाइ राखेका छन् ।
साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता गत फागुन १५ गते बन्द गरिएको थियो । फागुन १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
सभाबाट आ.व. ०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन पारित गर्नुका साथै सोही आ.व.को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ८.७५ का दरले हुन आउने रकम रु.२१ करोड ८७ लाख ६३ हजार ७७४ बराबरको नगद लाभांश समेत पारित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ८.७५ नगद लाभांस प्रदान गरेकोमा शेयरधनीले खुशी व्यक्त गरेका छन् ।
यसै साधारण सभाबाट आ.व.०८१/८२ को लागि कम्पनीको बाह्य लेखापरीक्षकको नियुक्ती र पारीश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिएबमोजिम अनुमोदन गरिएको छ । साधारण सभामा सञ्चालक समितिका सदस्य, शेयरधनी लगायत सहभागी थिए ।
Comments are closed.