शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । भक्तपुरको सल्लाघारी ग्राउन्डमा लन्च समारोह आयोजना गरी सार्वजनिक गरिएको हो । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले शाओमी हाइपरओएस र लाईका अप्टिक्सको पावरले शाओमी १५ अल्ट्राले मोबाइल इमेजिङ र प्रदर्शनको नयाँ मापदण्ड स्थापना गर्ने बताए ।
शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका १–इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ जसले हरेक क्षणलाई स्पष्ट र जीवन्त बनाउँछ । स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको यस स्मार्टफोनले प्रदर्शन र ऊर्जा दक्षता बढाउँछ । शाओमी हाइपरओएसले एआई–सम्पन्न इकोसिस्टम निर्माण गर्दै प्रयोगकर्ताको अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।

 

शाओमी १५ अल्ट्रामा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ जसले यस स्मार्टफोनको स्थायित्व र ड्रप–रेजिस्ट्यान्स प्रदान गर्छ । ६.७३–इन्च डब्ल्यूक्यूएचडी+एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १–१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेटले प्रयोगकर्तालाई इमर्सिभ भिउइङ प्रदान गर्छ । लाईकाको सुमिलक्स लेन्सको माध्यमबाट उत्कृष्ट नाइट सट्स क्याप्चर गर्न सकिन्छ भने लाईका २०० मेगापिक्सेल अल्ट्रा टेलिफोटो लेन्सले टाढाका तस्बिरहरू पनि उत्कृष्ट रूपमा खिच्न सकिन्छ । यस डिभाइसले ८ के भिडियो रेकर्डिङ, लाईका फोटोग्राफिक स्टाइलहरू र शाओमी प्रोफोकस पनि सपोर्ट गर्छ जसले यो स्मार्टफोन प्रोफेसनल–ग्रेड मोबाइल फोटोग्राफी र भिडियो मेकिंगको लागि उत्तम विकल्प बन्दछ ।

 

शाओमी १५ अल्ट्राले शाओमी गार्डियन स्ट्रक्चर समावेश गर्दै परिष्कृत डिजाइन र मजबुत स्थायित्वलाई प्राथमिकता दिएको छ । ६ एम ४२ एल्युमिनियम फ्रेम, कर्निङ गोरिल्ला ग्लास ७ आई क्यामेरा डेको र टिकाउ ब्याक प्यानलले यस स्मार्टफोनलाई खस्दा वा घिस्रदा सुरक्षा प्रदान गर्दछ । ¥यापअराउन्ड क्वाड–कर्भ फ्रेम र इन्टिग्रेटेड थ्रि डी क्यामेरा डेकोले यसको सौन्दर्यतालाई अझ आकर्षक बनाउँछ ।

 

शाओमी हाइपरएआईले एआई राइटिङ, एआई स्पीच रिकग्निसन, एआई इन्टरप्रेटर र एआई क्रिएटिभिटी असिस्टेन्ट जस्ता सुविधाहरू प्रदान गर्छ । यसका साथै गुगल सर्कल टु सर्च र गुगल जेमिनी एआईलाई इन्टिगे्रट गर्दै प्रयोगकर्तालाई नयाँ सर्च क्यापाबिलिटीहरु प्रदान गर्दछ । अल्ट्रासोनिक इन–स्क्रिन फिङ्गरप्रिन्ट र एआई फेस अनलक जस्ता सुविधाले डिभाइसको सुरक्षालाई थप मजबुत बनाउँछ ।

 

शाओमी १५ अल्ट्रामा ५४१० एमएएच शाओमी सर्ज ब्याट्री प्रयोग गरिएको छ जसलाई ९० वाट हाइपरचार्ज र ८० वाट वायरलेस हाइपरचार्जले चार्ज गर्न सकिन्छ जसले गर्दा यस स्मार्टफोनलाई छिटो चार्ज गर्न सकिन्छ । शाओमी नेपालले फागुन २५ देखि चैत २ गतेसम्म शाओमी १५ अल्ट्राको प्रि–बुकिङ खुला गरेको छ । उक्त प्रि–बुकिङमा ग्राहकहरुले रु. ९ हजार ९९९ मूल्य बराबरको शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क प्रदान गरिनेछ । शाओमी १५ अल्ट्रा स्मार्टफोन फोटोग्राफी र प्रदर्शनमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यका साथ निर्माण गरिएको छ ।

 

ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउन थप ६ महिनाको वारेन्टी, पहिलो ६ महिनासम्म एकपटकको निःशुल्क स्क्रिन रिप्लेसमेन्ट र २४ महिनासम्म निःशुल्क लेबर चार्ज प्रदान गरिनेछ । १६ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध शाओमी १५ अल्ट्रा को सुरुवाती अफर मूल्य रु. १ लाख ४९ हजार ९९९ (वास्तविक मूल्य रु. १ लाख ६९ हजार ९९९) रहेको छ । यो स्मार्टफोन नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू र शाओमीका आधिकारिक रिटेल आउटलेटमा उपलब्ध हुनेछ ।
You might also like

Comments are closed.