काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदुतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिलाई ५ वटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कुटर हस्तान्तरणका लागि आयोजित कार्यक्रम भारतीय राजदुतावास कल्याण केन्द्र, शोह्रखुट्टेमा सम्पन्न भएको थियो ।
कार्यक्रमले दुवै संस्थाको समुदायलाई दिगो गतिशिलता समाधानमार्फत सशक्त पार्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । सो अवसरमा भारतीय राजदुतावासका मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टिभीएस मोटर कम्पनीका प्रतिनिधिहरू लगायत सहभागी थिए । हस्तान्तरण गरिएका यी विशेष स्कुटरमार्फत उनीहरुले अब स्वतन्त्रतापूर्वक आवतजावत गर्ने सहजताको अनुभव गर्न सक्ने आशा गरिएको छ ।
अपांगता भएका व्यक्तिका लागि गतिशिलता ठूलो चुनौती हुने गर्दछ । यस पहलले विश्वसनीय, उच्च प्रदर्शन क्षमतायुक्त, सुविधा सम्पन्न स्कुटरहरू प्रदान गरेर सो चुनौतीलाई समाधान गर्न केही हदसम्म भएपनि सघाउने उद्देश्य बोकेको छ । टीभीएस एनटर्क, उत्कृष्ट प्रविधि, सहज सञ्चालन प्रणाली र मजबुत डिजाइनका लागि परिचित छ । सहयोगले लाभग्राहीका लागि आत्मविश्वासमा बृद्धिका साथै, दक्षताका साथ दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।
जगदम्बा मोटर्सले सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । कम्पनी, समुदायलाई सशक्त पार्ने तथा नवीनतम् गतिशील समाधान उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ । भारतीय राजदुतावाससँगको सहकार्यले समावेशी समाज निर्माण गर्ने टिभीएसको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ ।
अपाङ्गता भएका व्यक्तिका लागि विशेष रूपले डिजाइन गरिएका स्कुटरको प्रस्ताव गर्ने हाम्रो पहलको सुरुवातसँगै समावेशीता र सशक्तिकरणतर्फ महत्त्वपूर्ण कदम चालेको जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले बताए । यस सहयोगात्मक प्रयासले सामाजिक उत्थानका लागि भविष्यमा पनि यस्ता अभियानहरू सञ्चालन गर्न मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ । कार्यक्रमको समापन लाभग्राहीलाई टिभीएस एनटर्क स्कुटर हस्तान्तरण गर्दै गरिएको थियो ।
Comments are closed.