हिमालयन ब्रोकरेज कम्पनी र आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर बीच सम्झौता

काठमाडौं। हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटि क्लिनिक) बीच सम्झौता भएको छ । ब्रोकर सम्बन्धि कार्यलाई गाउँसम्म विस्तार गर्ने लक्ष्यसहित छुट सम्बन्धि दुई संस्थाबीच समझदारी गरिएको हो ।

सम्झौता पत्रमा ब्रोकरका तर्फबाट सहायक महाप्रवन्धक रामचन्द्र रिमाल र व्युटि सेन्टरका तर्फबाट संस्थापक शोभा अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटि क्लिनिक) बाट सेवा लिदै आएका ग्राहकलाई हिमालयन ब्रोकरेज कम्पनीमा डिम्याट खाता खोल्दा ५० प्रतिशतसम्म छुट दिइने सहायक महाप्रवन्धक रिमालले जानकारी दिए ।

हिमालयन ब्रोकरेज कम्पनीमा डिम्याट खाता खोलेका ग्राहकलाई व्युटि सम्बन्धी कोर्ष तथा पार्लरसँग सम्बन्धित सेवामा ३० प्रतिशतसम्म छुटसहित सेवा दिइने संस्थापक अर्यालले जानकारी दिइन् । हिमालयन ब्रोकरेज कम्पनीले २०८० ज्येष्ठ ९ गते नेपाल धितोपत्र बोर्डबाट सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको अनुमती लिई ज्येष्ठ २८ गतेबाट काठमाडौं महानगरपालिका–२९ पिपलबोट डिल्लीबजार केएल कम्प्लेक्स काठमाडौंबाट ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टरले काठमाडौंको केएल कम्प्लेक्स लगायत चितवन भरतपुर पुल्चोक मैयादेवी, बुटवलमा ट्राफिक चोक, दाङमा घोराही शहिदगेट, पोखरामा न्युरोड र ईटहरीमा ईटहरी चोकमा शाखा कार्यालय खोली सेवा दिँदै आइरहेको छ ।

कम्पनीले शेयरसँग सम्बन्धित सेवाको पहुँच विस्तार गर्दै गाउँमा सेवा दिने उद्देश्यले डिम्याट खाता खोली विभिन्न कम्पनीले जारी गरेको आइपिओमा सिमित लगानी गरी प्रतिफल लिन सहज हुने भएकाले सो सम्बन्धि कार्यक्रम सञ्चालन गरेर सेवा विस्तार गर्ने लक्ष्य रहेको जनाइएको छ ।

You might also like

Comments are closed.