महायज्ञबाट २ करोड ७६ लाख सङ्कलन

मलङ्गवा (सर्लाही) । सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा रु २ करोड ७६ लाख सङ्कलन भएको छ । हरिवन नगरपालिका–९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ  आयोजना गरिएको हो ।
महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार रु ४२ लाख सहयोग सङ्कलन भएको थियो । रकम अभावका कारण दनुुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न रु ११ करोड आवश्यक पर्ने संयोजक थापा बताउँछन् । रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायज्ञबाट रु २ करोड ७६ लाख सङ्कलन भएको थियो ।
महायज्ञमा हरिवन नगरपालिकाले रु ५६ लाख सहयोग गरेको छ ।  जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए । सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ । रासस
You might also like

Comments are closed.