जगदम्बा मोटर्सले सार्वजनिक गर्यो एनटर्क रेस एक्सपी ब्ल्याक

काठमाडौं । टिभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ ।

स्कुटर पारखीका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषता प्रस्तुत गरेको छ । एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सिमा भन्दा पर जान चाहने राइडरका लागि निर्माण गरिएको हो । यसमा स्ट्रीट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन् । स्ट्रीट मोडमा यात्रुले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् ।

त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रति घण्टाको अधिकतम गति दिन्छ । एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ । यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डमार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले रेस–ट्युन स्टाइलिङ र आधुनिक एयरोडायनामिक्सको संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गए पनि सबैको ध्यान खिच्न सक्षम रहेको बताए । एनटर्क रेस एक्सपी ब्ल्याकको सार्वजनिक घोषणासँगै, जगदम्बा मोटर्स प्रालिले नेपालका सडकमा अत्याधुनिक नवीनता ल्याउने क्रमलाई निरन्तरता दिएको गुप्ता बताउँछन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धले नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

 

 

 

 

 

You might also like

Comments are closed.