नामीसँग छ स्मार्ट मोबिलिटीको सुनौलो भविष्य

काठमाडौं । नेपाल स्मार्ट र दिगो भविष्यतर्फ अघि बढिरहेको बेला नेपालमा लन्च भएको नामीले यातायातको क्षेत्रलाई पूर्ण रूपमा परिवर्तन गर्ने प्रयास गरिरहेको छ । गत नाडा अटो शो अगाडि लन्च भएको नामीले नेपाली अटोमोटिभ उद्योगमा ठूलो छलाङ मारेको छ । नेपाली सडकमा छोटो समयमा ५ सय भन्दा बढी नामी कार गुड्न सुरु भइसकेकाले पनि यसलाई पुष्टि गरेको छ । अग्रगामी प्रविधि र परिवर्तनकारी मूल्य भएको नामी, कार मात्र नभई भविष्यको इन्टेलिजेन्ट यातायातको संकेत पनि हो भन्न सकिन्छ ।

अग्रगामी प्रविधि र परिवर्तनकारी मूल्य भएको नामी, कार मात्र नभई भविष्यको इन्टेलिजेन्ट यातायातको संकेत पनि हो । नामी अटोमोटिभ गुणस्तरमा विश्वकै अग्रणी डोङफेङको पछिल्लो मास्टरपिस हो । उन्नत इन्जिनियरिङ र दिगो विकासको खोजका लागि प्रख्यात कम्पनीले नवप्रवर्तनमा जोड दिने गर्दछ । नामी स्टाइलिश र आधुनिक डिजाइनसँग उन्नत प्रविधिहरू एकीकृत गर्ने त्यहि लिगेसीको जीवन्त प्रमाण हो ।

फस्र्ट–इन–क्लास सुविधा र बेस्ट–इन–सेगमेन्ट अफरले भरिएको नामीले आफ्नो श्रेणीमा नयाँ मापदण्ड सेट गरेको छ । यो लामो दूरीको निर्बाध यात्राको ग्यारेन्टी गर्ने असाधारण रेन्ज भएको कार चाहने आधुनिक चालकको लागि हो । यसलाई सम्मानित फाइभ स्टार ऋ–ल्ऋब्ए रेटिंग प्रदान गरिएको छ । जसले यसको उच्चस्तरीय सुरक्षा मापदण्ड र यात्रु सुरक्षा प्रतिको जिम्मेवारीलाई प्रमाणित गर्दछ ।

इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स प्रणालीहरूदेखि हाई–इफिसिएन्ट ब्याट्री प्रविधि र आकर्षक आराम सुविधासम्मका फिचरहरू भएको नामीलाई एकदम नयाँ अनुभव प्रदान गर्ने उदेश्यले डिजाइन गरिएको छ । नामीलाई अरूभन्दा फरक देखाउने कुरा भनेको यसको मूल्य हो । यसले नेपालका धेरै मानिसलाई स्मार्ट मोबिलिटी प्रदान गर्नका लागि अत्यन्तै किफायती मूल्यमा यी सबै आधुनिक प्राविधिका सुविधाहरू प्रदान गर्दछ । मूल्य निर्धारणको यो रणनीतिले उपभोक्तालाई उनीहरूले किन्न सक्ने मूल्यमा नेक्स्ट जेनेरेसन इनोभेसन प्रदान गर्ने नामीको लक्ष्यलाई सहज तुल्याउँछ ।

आगामी वर्षहरूमा स्मार्ट मोबिलिटीका नयाँ इनोभेसनहरूले ठूला परिवर्तन ल्याउने छन् । नेपाली बजारमा नामीको चर्चा बढ्दै गर्दा यसले अझै ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । उत्कृष्ट इनोभेसनहरू, उन्नत सुरक्षा सुविधा र अत्याधिक किफायती मूल्यका साथ नामी केवल एउटा कार मात्र नभई स्मार्ट गतिशीलताको भविष्य पनि हो ।

You might also like

Comments are closed.