काठमाडौं । नेपाल हेवी इक्वीपमेन्ट व्यवसायी महासंघको चौथो महाधिवेशन आगामी वैशाख १८ गते हुने भएको छ ।
संस्थाका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले महाधिवेशन मिति तय गरेको हो । महाधिवेशन सफल बनाउनका लागि तयारी गर्न विभिन्न उपसमिति बनाइएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्माको मूल संयोजकत्वमा महासंघ पदाधिकारी तथा जिल्ला अध्यक्षहरु समेटेर मूल आयोजक समिति गठन गरिएको छ ।
त्यस्तै आर्थिक उपसमिति संयोजकमा कोषाध्यक्ष सुनिल थापा, प्रचारप्रसारमा सचिव यादवलाल श्रेष्ठ, सांगठनिक उपसमितिमा महासचिव सुरेश खत्री र व्यवस्थापन उपसमितिमा उपाध्यक्ष वसन्त प्रसाद भुसाल, अतिथि तथा मञ्च व्यवस्थापन उपसमितिमा महेश कुँवर, प्रभुराम श्रेष्ठ, शेरबहादुर कुँवर, निर्वाचन मण्डल संयोजकमा संस्थापक अध्यक्ष ताराबहादुर कुँवर रहने गरी उपसमिति बनाइएको छ ।
Comments are closed.