सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा ११ सयले वृद्धि

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

हिजो सोमबार प्रतितोला रु १ लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा रु १ हजार १०० ले बढेर रु १ लाख ७५ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु १ लाख ७४ हजार ५०० कायम भएको थियो । यसैगरी, चाँदीको मोल प्रतितोला रु २ हजार ५० निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ३ हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.