नेपालमा लञ्च भयो बर्ली एयर कुलर

काठमाडौं । भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ । काठमाडौंको भिवान्ता होटलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी थिए ।

कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले गरेका हुन् । बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा भएको छ ।

बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्दछन् । बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ ।

 

You might also like

Comments are closed.