एनसेल नेपाल सुपर लिग सिजन–३ को टिकेटिङ पार्टनरमा ‘खल्ती र आइएमई पे’

काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) ले तेस्रो सिजनको लागि ‘खल्ती र आइएमई पे’ लाई आधिकारिक टिकटिङ पार्टनरको रूपमा घोषणा गरेको छ । ‘एनएसएल, खल्ती र आइएमई पे’ बीचको त्रिपक्षीय सम्झौतामार्फत स्थापित साझेदारी अन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिनेछ ।

मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले टिकट खरिदलाई सजिलो, पहुँचयोग्य र सुविधाजनक बनाएर फ्यान अनुभव बढाउने लक्ष्य राखेको छ । समर्थकले ‘खल्ती र आइएमई पे’ मार्फत डिजिटल वालेट, मोबाइल बैंकिङ र अनलाइन भुक्तानीका माध्यम प्रयोग गरी भौतिक लेनदेन बिना नै खेलका टिकटहरू तुरुन्तै किन्न सक्नेछन् । खेलको पहुँचलाई आधुनिकीकरण गर्ने र देशभरका नेपाली फुटबल प्रशंसकका लागि लिगलाई अझ बढी पहुँचयोग्य बनाउने एनएसएलको दृष्टिकोण अन्तर्गत यो साझेदारी गरिएको हो ।

नेपाल सुपर लिग एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले यो साझेदारीले टिकेटिङलाई सरल बनाउने र फ्यानलाई आफ्नो सिट सहजै सुरक्षित गर्न सघाउने बताए । ‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले एनएसएल र खल्तीसँग सहकार्य गर्दै खेलकुद क्षेत्रको विकासमा सघाउने र सिमलेस डिजिटल सोलुसन्स मार्फत फ्यान एक्सपिरियन्स बढाउने लक्ष्य राखेको बताएका छन् ।

खल्ती प्रालिका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले फ्यानलाई अनलाइन मार्फत आफ्नो सिट सुरक्षित गर्न र खेलको भावनामा पूर्ण रूपमा डुब्नको लागि झन्झटमुक्त, सहज तरिका प्रदान गर्न पाउँदा खुशी लागेको जनाए । ‘खल्ती र आइएमई पे’ दुवै प्रयोग गर्न सजिलो, सुरक्षित र कुशल डिजिटल पेमेन्ट सर्भिसको लागि भरपर्दा छन् ।

अनलाइन कारोबारमा यी प्लेटफर्मको विशेषज्ञताले टिकेटिङलाई अझ सुव्यवस्थित बनाउनुका साथै हजारौं एनएसएल समर्थकको लागि म्याच डे अनुभवलाई पनि अझ बढाउनेछ । ‘खल्ती र आइएमई पे’ ले चाँडै नै यी प्लेटफर्म मार्फत टिकट बुकिङमा विशेष प्रचार–प्रसार र अफरहरू प्रस्तुत गर्नेछन् । जसले गर्दा सिजभरी नै प्रशंसकको संलग्नता र उपस्थितिका साथ लिग अझ आकर्षक बन्नेछ । नेपालका उत्कृष्ट खेलाडी र क्लबले शिर्ष उपाधिको लागि प्रतिस्पर्धा गर्ने एनसेल नेपाल सुपर लिग सिजन ३ मा उच्च कोटीका खेलहरू हुने निश्चित छ ।

खेलको रोमाञ्चक लाइनअप, उत्सुक समर्थक र अब हाई–टेक टिकेटिङ प्रणालीले गर्दा यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ । टिकेटिङ र नयाँ नयाँ अफरहरूको बारेमा जानकारीको लागि एनएसएल समर्थकलाई ‘खल्ती, आइएमई पे’ र आधिकारिक एनएसएल प्लेटफर्मबाट निरन्तर अपडेट लिन आग्रह गरिएको छ ।

You might also like

Comments are closed.