सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा ८ सयले वृद्धि

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मङ्गलबार प्रतितोला रु १ लाख ७५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु ८०० ले बढेर रु १ लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला रु २ हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु २ हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ३ हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.