नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै स्पारो एसएमएस

स्पारो एसएमएस १५ औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित र प्रविधिमैत्री बनाउँदै स्पारो एसएमएसले आफूलाई अब्बल र भरपर्दो एसएमएस सेवा प्रदायकको रुपमा स्थापना गरेको छ ।

आफ्नो विकसित र उच्च प्रविधिको स्पारो एसएमएस सेवाले व्यवसाय समाज तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न सफल स्पारो एसएमएसको सुरुवात भने चुनौतीपूर्व रहेको थियो । देशमा १८ घण्टासम्म लोडसेडिङ, उच्च गुणस्तरीय पूर्वाधारको अभावको बाबजुद त्यसै अभावलाई अवसरमा परिणत गर्न स्पारो एसएमएसले लोडसेडिङको तालिका एसएमएस मार्फत नै जानकारी पाउने सेवा सुचारु गरेको हो । यो सेवा निकै लोकप्रिय र उपयोगी साबित भयो ।

त्यसै समय आफ्नो एसएलसी(अहिले एसइइ)को नतिजा हेर्न देशको राजधानी काठमाडौंमा घन्टौं पत्रपत्रिका कुर्नुपर्ने तथा दूरदराजमा आफ्नो नतिजा दुई देखि तीन दिन पछि मात्र थाहा पाउने समस्याको समयमा स्पारो एसएमएसमार्फत आफ्नो नतिजा एक एसएमएसमा नै हेर्ने सेवा सुचारु भयो । यो सेवाले एसइइ दिने विद्यार्थी तथा अभिभावकमा स्पारो एसएमएस एक विश्वसनीय नाम साबित रह्यो । यो सेवा अहिले पनि एसइइ दिने विद्यार्थी तथा अभिभावक माझ एकदमै लोकप्रिय छ ।

त्यस्तै वैदेशिक रोजगारमा जानेका लागि उनीहरू ठगीमा नपरुन् भनेर आफ्नो श्रम स्वीकृति एसएमएस मार्फत जाँच्ने तथा २०७२ को भूकम्पको समयमा राहत वितरण सहजीकरणमा पनि एसएमएसको प्रयोग त्यस्तै मानव बेचबिखन जोखिम रिपोर्टिङ सेवा दिवा खाजा रिपोर्टिङ सेवा जस्ता परियोजना सुचारु गरी समाजलाई जोड्ने र सहयोग पु¥याउने काममा स्पारो एसएमएस लागिपरेको छ ।

साथै स्पारो एसएमएसले ७ हजार भन्दा बढी व्यवसायलाई आफ्ना ग्राहकसँग प्रत्यक्ष जोड्नको लागि बल्क एसएमएस सेवा, एसएमएस एपिआई सेवा प्रदान गरी सस्तो र भरपर्दो माध्यमबाट व्यवसाय र ग्राहकलाई जोड्ने काम गरेको छ । कम्पनीले आफ्नो सेवा विस्तार गर्दै नवीन प्रविधि प्रयोग गरी आज वार्षिक २५० मिलियन भन्दा बढी एसएमएस पठाउने गर्दछ ।

विश्वमा बढ्दो मोबाइल प्रयोग सँगै स्पारो एसएमएसले आफ्नो सेवालाई पनि विस्तार गर्दै भाइबर बिजनेस मेसेजिंग ह्वाट्सअप बिजनेस मेसेजिंग, आर्टिफिसिअल इन्टेलिजेन्स जडित भ्यावइस ब्रोकास्टिङ र मिस्ड कल मार्केटिङ जस्ता आधुनिक सेवाहरु समेटेको छ । कम्पनीका सीइओ मनोज थापाले कम्पनीको प्राथमिकता ग्राहक केन्द्रित रहेर नविनतम प्रविधिलाई प्रयोग गरी सेवा विस्तार गर्दै लैजाने बताए ।

 

You might also like

Comments are closed.