काठमाडौं । चैत १६ देखि वैशाख १३ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको नेपाल सुपर लिग २०२५ को तेस्रो संस्करणमा खल्ती र आइएमई पे एकसाथ टिकटिङ पार्टनरका रूपमा आबद्ध भएका छन् । फुटबल फ्यानले खल्ती एप वा आइएमई पे एप जुन कुनै माध्यमबाट पनि सजिलै टिकट काट्न सक्नेछन् भने स्टेडियममै पुगी आफ्नो मनपर्ने टोली र खेलाडीका लागि हुटिङ गर्न, हरेक गोल र सेभको मजा लिन सक्नेछन् ।
नेपाल सुपर लिगका यो भन्दा अघिल्ला संस्करणमा ‘आइएमई पे’ र नेपाल प्रिमियर लिग, अर्जुन ट्रफी, ईन्टरनेसनल उमन्स च्यामपेन्सिप जस्ता खेलकुद लिगमा ‘खल्ती’ टिकटिङको पार्टनरको सफल रूपमा प्रस्तुत भइसकेका छन् भने यी दुवै डिजिटल वालेटको यस संयुक्त टिकटिङ साझेदारीले नयाँ ऊर्जा थप्ने कुरामा विश्वस्त रहेको साझेदारहरू बताउँछन् । यस लिगमा ललितपुर सिटी, काठमाडौं रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर, धनगढी गरी ७ फुटबल क्लब भिड्दैछन् ।
नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले यो साझेदारीले टिकटिङलाई सरल बनाउनेछ र दर्शकले सहज रूपमा आफ्नो सिट सुरक्षित गर्न सक्ने बताए । आइएमई पे का कार्यकारी अधिकृत प्रविन रेग्मीले नेपाली फुटबलको विकासमा योगदान र खेलप्रेमीको अनुभवलाई डिजिटल सलुसनद्वारा थप सहज बनाउने लक्ष्य राखेको बताएका छन् ।
नेपाल प्रिमियम लिग र अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको अपार सफलतापछि, आइएमई पे र नेपाल सुपर लिगसँग यो यात्रामा जोडिन पाउँदा हामी उत्साहित रहेको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् ।
Comments are closed.