लक्ष्मी स्टील्समा एनआईबिएल इक्विटी पार्टनर्सको लगानी

काठमाडौं । एनआइएमबि एस क्यापिटलद्वारा सञ्चालित एनआईबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी सम्बन्धी सम्झौता गरिएको छ । एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक बिमलकुमार सावरथिया बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस साझेदारीले लक्ष्मी स्टील्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिनको लागि थप मद्दत गर्नेछ । सन् २००८ मा सौरभ ग्रुप अन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्स लिमिटेड, टिएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रुपमा रहेको छ । नवलपरासीको सुनवलमा अत्याधुनिक स्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उच्च गुणस्तरको स्टील उत्पादनगर्न प्रतिबद्ध रहिआएको छ ।

यस सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पु¥याउन सफल हुने कम्पनीको विश्वास रहेको छ । एनआईबिएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र यसको बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पु¥याउनेछ । लक्ष्मी स्टील्सले नेपालको स्टील उद्योगमा आफ्नो बिस्तारलाई अझै मजबुत बनाउन र देशको आर्थिक प्रगतीकमा समेत योगदान पु¥याउने लक्ष्य राखेको छ ।

एनआइएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले यस लगानीको साथ लक्ष्मी स्टील्सलाई नयाँ उचाइमा पु¥याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने उद्देश्य राखेको जनाएका छन् । लक्ष्मी स्टील्स लिमिटेडका निर्देशक बिमलकुमार सावरथियाले एनआर्ईबिएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी सुनौलो अवसर रहेको बताए ।

एनआईबिएल इक्विटी पार्टनर्स र लक्ष्मी स्टील्स लिमिटेड बीचको यो साझेदारीे नेपालको औद्योगिक क्षेत्रका विकासकोे लागि एक महत्वपूर्ण कदम हो । वित्तीय विशेषज्ञता र उत्पादन क्षमताको संयोजन गर्दै यो साझेदारीले सरोकारवालालाई दीर्घकालिन फाइदा पु¥याउन र देशको पूर्वाधार लक्ष्यलाई अगाडि बढाउने उद्देश्य राखेको छ ।

You might also like

Comments are closed.