एभरग्रीन एकेडेमी अब प्रतिभा एजुकेशन फाउन्डेसनबाट संचालन हुने

पोखरा । पोखरामा रहेको एभरग्रीन एकेडेमी अब प्रतिभा एजुकेशन फाउन्डेसनबाट सञ्चालित हुने भएको छ । प्रतिभा माविको सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणमा सशक्त बनाउन प्रतिभा एजुकेशन फाउण्डेशन अन्तर्गत रहने गरी एउटा भिन्दै शिक्षण संस्थाको रुपमा एभरग्रीन एकेडेमी स्थापना गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

विद्यार्थीको सोँच र सिर्जनात्मक क्षमता प्रकट गर्न र उनीहरुलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउनु एभरग्रीन एकेडेमीको उद्धेश्य रहेको छ । विद्यार्थीको आवश्यकता र क्षमता अनुसारको पाठ्यक्रम बनाएर प्रयोग गर्ने, विद्यार्थीको व्यक्तिगत आवश्यकतामा ध्यान दिई उनीहरुको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना पनि बनाउने, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई प्राथमिकता दिने प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले बताए ।

एभरग्रीन एकेडेमीमा नवीनतम प्रविधिको प्रयोगमा हामीलाई ठूलो विश्वास छ, विद्यार्थीले स्मार्ट क्लासरुम, विभिन्न डिजिटल उपकरण र इन्फर्मेशन टेक्नोलोजीका माध्यमबाट सिकाइ प्रक्रिया अनुभव गर्न सक्ने उनले जनाए । यी सबै प्रविधिको प्रयोगले पाठ््यक्रमलाई अझ रोचक र प्रभावकारी बनाउँछ । विद्यार्थीमा टीमवर्क र सहकार्यलाई बढावा दिन परियोजनामा आधारित सिकाइको पनि प्रयोग गरिनेछ ।

एभरग्रीन एकेडेमी पोखराको तेर्सापट्टिस्थित आफ्नै सुविधा सम्पन्न भवनमा विश्वस्तरको शिक्षा प्रदान गर्ने गरी सञ्चालन गरिएको एभरग्रीन एकेडेमीका निर्देशक किरण सापकोटाले जानकारी दिए । उनका अनुसार नर्सरीदेखि कक्षा ५ सम्मका लागि विद्यार्थी भर्ना हुन पाउनेछन् भने प्रत्येक कक्षामा अधिकतम २४ जनाका दरले भर्ना गरिनेछ । भर्ना अभियान सञ्चालन भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

You might also like

Comments are closed.