पोखरा अटोमोबाइलको हब बन्दै

ध्रुवबहादुर थापा
निवर्तमान अध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

पोखरामा ‘वाडा अटो शो २०२५’ पहिलो पटक आयोजना भएको छ । अटो शो पोखराको लागि कोशेढुंगा सावित हुने हामीले विश्वास लिएका छौं । पोखरा लगायत समग्र देशको आर्थिक चलायमान बनाउन पनि अटो शोले सहयोग गर्नेछ । काठमाडौं पछि पोखरा अटो मोबाइल हबका रुपमा चिनिन्छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा पहिलो संस्करणको अटो शो आयोजना गरेर पोखरा अटो हब हो भन्ने सन्देश पनि पुष्टि गरेको छ । अटो शोले पोखराको अटोमोबाइल क्षेत्रलाई बढोत्तरी गर्नेछ । काठमाडौंमा भएका सवारी साधनहरु प्राय सबैको डिलर पोखरामा छ । पर्यटकीय नगरी पोखरा काठमाडौंबाट नजिक पनि छ । सवारी साधनको सुबिधाको हिसाबले उत्तरमा चीन, दक्षिणमा भारत र काठमाडौंसंग जोडिएको हुँदा पोखरा अटोमोबाइलको हब बन्न सक्ने सम्भावना छ ।

 

ठूलो चुनौतीका बाबजुद पनि ‘वाडा अटो शो २०२५’ पोखरामा हुँदैछ । अहिलेको माहोल हेर्दा पोखरामा अटो शो सफल हुने देखिन्छ । अटोमोबाइल क्षेत्रमा पनि धेरैको उत्साह बढाएको छ । काठमाडौंका व्यवसायी मात्र नभई देशका विभिन्न ठाउँका व्यवसायी पोखरा आउनेछन् । पहिलो संस्करणको अटो शो सफल भएपछि भोलिका दिनमा यो अटो शोलाई निरन्तरता दिन सकिन्छ ।

पोखरामा हुने अटो शोमा गाडी किन्दा विशेष छुट प्राप्त हुन्छ भन्ने सन्देश पनि गएको छ । गाडी बुकिङ तथा खरिदका लागि अटो शो राम्रो स्थल बन्नेछ । विशेष र आकर्षक अफर राखेर ग्राहक आकर्षित गर्नका लागि गाडीका आयातकर्ता तथा बैंकलाई पनि मेरो विशेष अनुरोध छ ।

 

 

You might also like

Comments are closed.