सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर सङ्कलन गरिदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर सङ्कलन गर्न प्रोजेक्ट केयर अभियान अन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहका बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सो कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवाल, निवर्तमान अध्यक्ष नितेशकुमार अग्रवाल तथा यस योजनाको प्राविधिक साझेदारको रुपमा रहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्त रुपमा गरेका हुन् ।

नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर सङ्कलन गर्ने लक्ष्य रहेको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको जानकारी दिए ।

राउण्ड टेबल नेपालका निर्वतमान अध्यक्ष अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको बताए । सगरमाथा प्रदुषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेकोजनाए । सगरमाथा, संसारको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौँ पर्वतारोहीलाई आकर्षित गर्ने गरेको तर, मानव गतिविधिको वृद्धिसँगै सगरमाथा फोहोरको डंगुर बन्दै गएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कयालले बताए ।

 

You might also like

Comments are closed.