काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बिहीबार प्रतितोला रू १ लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज १ हजार ४ सय बढेर तोलामा रू १ लाख ७६ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू २ हजार ४० कायम भएको छ ।
Comments are closed.