काठमाडौं । सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको धोविघाटस्थित सिद्धार्थ कटेजमा दुई दिने तेस्रो मःमः महोत्सव सुरु भएको छ । चैत १५ र १६ आयोजना हुने महोत्सवमा मःमःका विभिन्न परिकारका साथै गायक दीपक लिम्बु, प्रदीप महर्जन र द एडवार्डियन ब्यान्डको सांगीतिक प्रस्तुति रहनेछ ।
आज दिउँसो २ बजेदेखि सुरु हुने महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ भने मेलामा मःमःका परिकारका साथै ड्रिंग्स र म्यूजिकको रमाइलो लिन पनि सकिने जनाइएको छ । पछिल्लो समय मःमःका विभिन्न परिकार प्रवद्र्धन गरिरहेको सिद्धार्थले यसको थप प्रचारप्रचारका लागि महोत्सव आयोजना गरेको जनाएको छ । महोत्सवमा मःमःका विभिन्न परिकार उपलब्ध हुने जनाइएको छ ।
गोर्खा बियरको सहकार्य रहेको महोत्सवमा सिद्धार्थको एस क्याफे, सिद्धार्थ हस्पिटालिटी मार्ट, पथिल होलिडेजले सहयोग गरेका छन् । महोत्सवको इन्टरनेट पार्टनरमा डिसहोम इन्टरनेट रहेको छ ।
Comments are closed.