रोटरी काठमाडौं हेरिटेज र क्यान्सर सेन्टर काठमाडौंबीच सम्झौता

काठमाडौं । रोटरी काठमाण्डौ हेरिटेज र क्यान्सर सेन्टर काठमाडौं बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई संस्था बीच क्यान्सर सचेतना जगाउन समूहमा सचेतना कार्यक्रम, स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, क्लबका सदस्यलाई विभिन्न उपचार तथा परीक्षणमा लाग्ने शुल्कमा छुट दिने सन्दर्भमा दुई पक्ष बीच सम्झौता गरिएको छ ।

काठमाडौंको बबरमहलमा भएको सम्झौतामा रोटरी क्लब अफ काठमाडौं हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हेमाकुमारी अधिकारी र काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सुमित सापकोटाले हस्ताक्षर गरेका छन् । क्यान्सर सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ । सेन्टरका अध्यक्ष डा. सुमित सापकोटा, क्यान्सर विशेषज्ञ डा. रजनी झा, अस्पताल व्यवस्थापक बर्षा कोईराला तथा व्यवस्थापकहरु आकाश झा र सुजन भट्टराईले सहजिकरण गरेका हुन् ।

सम्झौता पछि दुबै पक्षले क्यान्सर रोग सचेतना तथा स्वास्थ शिविर आयोजना गर्नको लागि देशका विभिन्न समुदायमा कार्यक्रमहरु सञ्चालन गरी मानिसहरुको स्वास्थ्य सुधार गर्न सरोकारवालासंग समन्वय, आवश्यक सामानको व्यवस्था गर्ने र क्यान्सर सेन्टरले कार्यक्रमको लागि आवश्यक डाक्टर, प्राविद्यिक तथा स्वास्थ सामाग्रीहरु उपलब्ध गराउने सहमती भएको छ ।

 

You might also like

Comments are closed.