‘स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागीलाई युरोप भ्रमणको अवसर

काठमाडौं । नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेल ड्राईभ गर्ने ग्राहकलाई स्काईवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ । ‘स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई स्काईवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

स्काईवेल विई११ तथा स्काईवेल ईटी५ खरिद गर्दा ग्राहक जोडीलाई नै युरोप भ्रमणमा लैजाने कम्पनीले जाएको छ । स्काईवेल युरोपियन बजारमा लोकप्रिय ब्राण्ड हो । युरोपेली सुरक्षा मापदण्डअनुसार बनेको स्काईवेल विई११ ले सिएनक्याप क्र्यास टेस्टमा फाईभ स्टार सेफ्टी रेटिङ समेत प्राप्त गर्न सफल भइसकेको छ । चिनबाट निर्मित ईभीमा ईयु सर्टिफिकेशन प्राप्त गर्ने पाहलो प्रडक्ट पनी हो ।

अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेको स्काईवेल नेपालमा उपलब्ध एक रियल इभी एसयुभी हो । काठमाडौंबाट नेपालको कुनै पनि गन्तब्यमा सिंगल चार्जमा सजिलै पुग्न साकने स्काईवेलले दिने ६२० किलो मिटरको रेन्जले स्काईवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो । उच्च स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाईनिज इभी विरलै पाईन्छन् । जसमा स्काईवेलले भने बाजी मारेको छ । युरोपेली मूलुकहरुमा स्काईवेलले राम्रो सफलता हात पारेको छ ।

यो दावी गरिरहँदा यसलाई यथार्थमा पुिष्ट गर्न र ग्राहकलाई आफ्ना सवारीसाधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरयन्स गराउने उदेश्यका साथ स्काईवेलको आयातकर्ता जि.मोटर्स प्रालिले यो विशेष योजना ल्याएको छ । ‘स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ योजना अन्तर्गत स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ता जोडीले युरोपमै गएर स्काईवेल ड्राईभको मौका प्राप्त गर्नेछन् । सन् २०२५ मोडेलको जुनसुकै भेरीयन्ट टेष्ट ड्राईभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नेछन ।

यसका लागि आफूले स्काईवेल टेस्ट ड्राईभ गर्दाको अनुभव कुनै पनि सोसल मिाडयामा शेयर गरि ह्यासट्याग टेस्ट ड्राईभ स्काईवेल ह्यास ट्याग ‘स्काईवेल ड्राईभ नेपाल टु युरोप’ लेख्नुपर्नेछ । यसरी टेस्ट ड्राईभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काईवेल ड्राईभको मौका प्राप्त गर्नेछन् । नेपाली बजामार उपलब्ध स्काईवेलको ईटी५ लङ्र रेन्ज भेरियन्ट हो, जसको विक्री मूल्य १ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, विई११ को मूल्य ७९ लाख ९० हजार र ८९लाख ९० हजार पर्छ । विई ११ ४१० र ५२० किलोमिटर रेन्जमा उपलब्ध छ । स्काईवेलका यि दुवै मोडल फुल साईज एसयुभी हुन् । स्काईवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक र्सिर्भस सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरमा विक्री कक्षहरु सञ्चालन गर्दै आएको छ ।

You might also like

Comments are closed.