काठमाडौं । नेपाली मोटरस्पोट्र्समा विगतमा संग्लग्न नेपालीहरु, मोटर स्पोट्र्स, अटोमोबाइल, मोबिलिटी र ड्राइभ टुरिजम तथा सडक सुरक्षाको क्षेत्रमा रुचि राख्ने अस्ट्रेलियाबासी नेपालीहरु संगठित भएका छन् ।
अष्ट्रेलियाका विभिन्न सहरमा अध्ययन, रोजगार तथा व्यवसाय गरिरहेका नेपालीले मूलतः नेपाली मोटरस्पोट्र्समा प्रत्यक्ष रुपमा संग्लग्न हुन, आफ्नो सीप, क्षमता र पहुँचको प्रयोग गरी नेपाली ड्राईभर राइडरलाई सहयोग गर्न, नेपालमा ड्राईभ टुरिजम र सडक सुरक्षाको क्षेत्रमा योगदान दिन, नेपाली नयाँ वर्ष २०८२ को पहिलो दिन यो संगठित प्रयास अस्ट्रेलियाबाट सार्वजानिक गर्दै नेपालीलाई यो अभियानमा आबद्ध हुन अनुरोध क्लबले गर्दछ ।
क्लबको निकट भविष्यमा एनआरएनए अष्ट्रेलिया तथा नेपाल अटोमोबाइल एसोसिएसन मा समेत आवद्ध हुने योजना रहेको छ । हाल ९ जना संस्थापक रहेका मोटो–अस्ट्रेलिया नेपालको संस्थापकमा दिनेश कठायत, रितेश उपाध्याय, प्रत्युष कुइङ्केल, दिक्ष्या श्रेष्ठ, सुनिता देशार, सुयोग खनाल, सौगात राजभण्डारी, उमेश चौलागाईं र दिक्षा श्रेष्ठ रहेका छन् ।
तत्कालको लागि अस्ट्रेलिया पछि संयुक्त राज्य अमेरिका, वेलायत, युरोपियन युनियन र जापान मा समेत यस्ता समुह बन्न सक्ने देखिन्छ जसले नेपाली मोटर स्पोट्र्स, अटोमोबाइल र मोबिलिटीको क्षेत्रमा संग्लन र रुचि राख्नुहुन्छ ।
Comments are closed.