अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँं । नयाँ वर्षको अवसरमा लायन्स क्लब अफ अटो सोसियल फ्रेन्डसले ललितपुरको पुल्चोकमा रक्तदान कार्यक्रम गरेको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको यस लायन्स क्लब क्लबले ब्लड डोनर्स एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर र ललितपुर मेकानिक संघ, नेपालसँग सहकार्य गरी ललितपुरको पुल्चोकमा रक्तदान कार्यक्रम गरेको हो । त्रिवि लायन्स रक्तसञ्चार केन्द्रले २८ पिन्ट रगत सङ्कलन गरेको थियो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५जे नेपालका आईपिडिजी लायन हरिप्रसाद मरहट्टा, चिफ एडभाईजर लायन कुशप्रसाद मल्ली लगायतका सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्य लगायत सहभागी रहेको रिजन चियरपर्सन लायन रोशन श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.