काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुन आज तोलामा रू ८ सय घटेको छ ।
आज सुन प्रतितोला रू १ लाख ८९ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी रू १९ सय ६० मा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Comments are closed.