काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘डिजिटल युगमा नेपाली पर्यटनमा महिला’ विषयक अन्तक्र्रियामा प्रविधिको तीव्र विकास सँगसँगै नेपालको पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक रहेकोमा जोड दिइएको छ ।
शनिबार ललितपुरको होटल हिमालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसहित पर्यटन क्षेत्रमा क्रियाशील महिला उद्यमी, सरकारी निकायका अधिकारी, योजनाकारदेखि पर्वतारोहीसम्मको सहभागीता रहेको अन्तक्र्रियामा बोल्ने वक्ताहरुले ‘डिजिटल युगमा महिला उद्यमशीलता नै पर्यटनको मेरुदण्ड बन्ने’ बताएका हुन् ।
पर्यटनमन्त्री पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन क्षेत्रमा महिला उद्यमशीलता अब हाम्रो प्राथमिकताको विषय रहेको बताउँदै कार्यक्रममार्फत यसलाई स्थापित गर्न प्रतिबद्ध रहेर गाउँमा रहेका महिलालालाई डिजिटल साक्षरतामा लैजाँदा हाम्रो अर्थतन्त्रको मेरुदण्ड पर्यटन बन्न सक्ने बताएका छन् ।
उनले निजी क्षेत्र र सरकारी संयन्त्रमा विश्वासको वातावरण बनाउनु आवश्यक रहेको हुदा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न नसकेको अवस्थामा सरकारले एक्लैले सबैथोक गर्नसक्ने अवस्था नभएकाले निजी क्षेत्र र सरकारी संयन्त्रबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको जनाएका छन् ।
योजना आयोगकी सदस्य गीता कुमारी पौडेल अधिकारीले पर्यटन र प्रविधिको संयोजनबारे पर्यटन क्षेत्रमा लागेका महिलालाई सशक्तिकरण गर्नुपर्ने बताइन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा महिलाहरुको संख्यात्मक वृद्धि भए पनि यसलाई गुणस्तर र परिमाणमुखी बनाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव लीलाधर अधिकारी, नाटाको जनसम्पर्क समिति प्रमुख युविका भण्डारी, महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमलाले पर्यटन क्षेत्रका बारेमा आफ्ना भनाइ तथा सुझाव दिएका छन् ।
त्यस्तै कार्यक्रममा पूर्व एफएनसीसीआई अध्यक्ष बन्दना राणा, साहसिक पर्यटन अगुवा महिला तथा बञ्जी नेपालकी संस्थापक मीना बराल, मेडिकल पर्यटनमा काम गरिरहेकी डा. प्रीति बिष्ट, पर्वतारोही चोकी शेर्पा, जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठ र नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतम लगायतले आफ्ना धारणा राखेका छन् ।
Comments are closed.