इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड गरिएको राइड हेलिङ एप बन्न सफल

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गतिशीलताको धारणा नै फेरिदिएको छ । इनड्राइभ ‘आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ मोडेलमा अग्रणी सेवा प्रदायक हो ।

यस ग्राहकमैत्री मोडेलले यात्रुलाई आफूले चाहेको यात्राको मूल्य प्रस्ताव गर्ने, उपलब्ध चालकहरू मध्येबाट छनोट गर्ने र सवारी साधनको प्रकार चयन गर्ने स्वतन्त्रता दिन्छ । यो सेवा परम्परागत सवारी साधन बुकिङ प्लेटफर्म भन्दा पूर्ण रूपमा भिन्न छ, जहाँ मूल्य निर्धारण स्वचालित एआई मोडेल र एल्गोरिदमद्वारा तय हुन्छ ।

इनड्राइभले यात्रु र चालक दुवैलाई पारदर्शी र निष्पक्ष सहमतिको आधारमा यात्राको भाडा तय गर्ने अवसर प्रदान गरेर नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ । कम्पनीले आफ्नो द्रूत सफलता र लोकप्रियताको मुख्य श्रेय यसको अद्वितीय र प्रयोगकर्तामैत्री मोडेललाई दिन्छ, जसले अन्य पारस्परिक मोडेलको तुलनामा अझ बढी ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै आएको छ । इनड्राइभका एपीएसीका कम्युनिकेसन लिड—पवित्र नन्द आनन्दले सन् २०२२ मा नेपालमा ‘आफ्नो भाडा आफैं तय गर्नुहोस् र आफ्नो चालक छान्नुहोस् भन्ने मोडेलका साथ इनड्राइभको सेवा सुरु गरेको बताइन् ।

नेपाली बजारमा यस्तो सुविधा ल्याउने पहिलो राइड–हेलिङ प्लेटफर्म इनड्राइभ नै हो । यो मोडेलले यात्रुलाई आफैंले आफ्नो यात्राको भाडा प्रस्ताव गर्न र उपलब्ध चालकमध्ये मूल्याङ्कन, सवारी साधनको प्रकार, पिकअप समय तथा दूरीजस्ता पक्षको आधारमा उपयुक्त चालक छनोट गर्ने स्वतन्त्रता दिन्छ । यसले उचित भाडा दर र अनुकूल यात्रा अनुभवको विकल्प प्रदान गर्ने हुनाले उपभोक्ताले यस सुविधालाई अत्यन्तै रुचाएका छन् ।

इनड्राइभ निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलमा अग्रणी कम्पनी हो । यही विशेषताले यसलाई विश्वव्यापी रूपमा लोकप्रिय एपहरूमध्ये एक बनाएको छ । इनड्राइभ अहिले विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड गरिएको राइड हेलिङ एप बन्न सफल भएको छ । लगातार ३ वर्षसम्म यो उपलब्धि कायम राख्न सफल भएको छ ।

सेन्सर टावर, अग्रणी मार्केट इन्टेलिजेन्स फर्मका अनुसार इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा नेपालमा १ स्थान हासिल गरेको छ, जसले नेपाली बजारमा यसको बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई अझ सुदृढ बनाएको छ । त्यसैगरी, यो एप ट्राभल श्रेणीमा विश्वव्यापी रूपमा पाँचौं स्थानमा पर्ने सबैभन्दा बढी डाउनलोड भएको एप हो । मात्र डिसेम्बर २०२४ मा इनड्राइभ एप ६१ लाखभन्दा बढी पटक डाउनलोड गरिएको तथ्याङ्कले यसको अन्तर्राष्ट्रिय सफलतालाई प्रष्ट पार्छ ।

इनड्राइभ निष्पक्षता र पारदर्शिताको सिद्धान्तमा आधारित प्लेटफर्म हो । यात्रु र चालक दुवैको हितलाई समान रूपमा ध्यानमा राख्दै एक सन्तुलित र आत्मनिर्भर इकोसिस्टम निर्माण गरेको छ । यहाँ यात्रु र चालकले एक आपसमा संवाद गर्दै मूल्य निर्धारण गर्ने सुविधा पाउँछन्, जुन उनीहरूको आवश्यकता र सुविधाअनुसार स्वतन्त्र रूपमा तय गर्न सकिन्छ ।

You might also like

Comments are closed.