इभी चार्जिङमा एमएडब्ल्यु वृद्धिको नयाँ इतिहास कायम

काठमाडौं । एमएडब्लु वृद्धिले नेपालमा एक सय बढी सञ्चालनमा रहेका इभी चार्जिङ स्टेशनहरू पार गरेर एउटा नयाँ इतिहास कायम गरेको छ ।

यो उपलब्धि मनाउन, एमएडब्लु वृद्धिले इभी उद्योगका प्रमुख व्यक्तिहरू, साझेदारहरू र इभी प्रयोगकर्तालाई एकसाथ ल्याएर विशेष कार्यक्रमका बीच उत्सव मनाएको छ । एमएडब्ल्यु वृद्धि नयाँ नेटवर्क सीसीएस२ टाइप डीसी फास्ट चार्जर्सले आज नेपालभरि एक सय भन्दा बढी रणनीतिक स्थानहरू पार गर्ने घोषणा गरेको छ ।

काठमाडौं, पोखरा, विराटनगर र चितवन जस्ता राजधानी शहरदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता टाढाका क्षेत्रमा, एमएडब्ल्यु वृद्धिले इभी चालकलाई यात्राको आनन्दपनको सुनिश्चित गर्दछ । नेटवर्कमा ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन्स) दुवै चार्जरहरू छन्, जसले गर्दा यात्रामा गति र आराम प्रदान गर्दछ ।

एमएडब्ल्यु वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले नेपालीलाई विश्वासका साथ विद्युतीय गतिशीलतामा जान सक्षम बनाउने बताए । एमएडब्ल्यु वृद्धिले आगामी भविष्यमा नेपालभरि आफ्नो ईभी चार्जिङ नेटवर्क विस्तार गर्ने कम्पनीको निरन्तर प्रयासलाई प्रतिनिधित्व गर्दछ ।

You might also like

Comments are closed.