काठमाडौं । सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।
आइतबार तोलामा रू १ लाख ८९ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज स्थानीय बजारमा चाँदी प्रतितोला रू १ हजार ९६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Comments are closed.