काठमाडौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र सुर्यज्योति लाईफ इन्सुरेन्स बीच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा सम्झौता भएको हो ।
जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र सुर्यज्योति लाईफ इन्सुरेन्सका तर्फबाट कम्पनीका प्रमुख व्यापार सञ्चालन अधिकृत राजिव गर्बचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका समान खरिदमा सुर्यज्योति लाईफ इन्सुरेन्सका कर्मचारी तथा ग्राहकले छुट तथा एप्पलका उत्पादनमा ४० प्रतिशत डाउनपेमेन्टमा जिरो प्रतिशत व्याँजदरमा नविल बैंक मार्फत सरल किस्ताबन्दी सुविधा समेत लिन सक्नेछन् ।
जोय स्टोरका अनुसार छुट एप्पलका उप्पादनमा सुर्यज्योति लाईफ इन्सुरेन्सका कर्मचारी एवम् सेवाग्राहीलाई अधिकतम २० प्रतिशत सम्म छुट पाउनेछन् । सुर्यज्योति लाईफ इन्सुरेन्सका कर्मचारी एवम् सेवाग्राहीलाई सरल रुपमा किस्ताबन्दी र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि सम्झौता गरिएको जोय स्टोरका प्रवन्ध निर्देशक गुरुदत्त शर्माले जानकारी दिए । छुट तथा किस्ताबन्दीका लागि कर्मचारी तथा कम्पनीका ग्राहकले इन्सुरेन्स गरेको प्रमाण पुग्ने कागजपत्र देखाउनुपर्नेछ ।
सोही आधारमा जोय स्टोरले छुट तथा एप्पलका उत्पादनमा ४० प्रतिशत डाउनपेमेन्ट गरी नविल बैंक मार्फत एप्पलका सामान उपलब्ध गराउनेछ । प्रवन्ध निर्देशक शर्मा ताम्राकार मोबाईल व्यवसायी संघका अध्यक्ष समेत हुन् । नेपाली उपभोक्तालाई एप्पलका जेनुयन उप्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए ।
जोय स्टोर नेपालमा एप्पलका उप्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाडौंमा ताम्राका कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । जोय स्टोरले एप्पलका उप्पादनहरु आईफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ ।
साथै जोय स्टोरले बिक्री गर्दै आईरहेको एप्पलका मोबाईमा २ बर्षको वारेन्टि, २ बर्षको इन्सुरेन्स, म्याकबुकमा २ बर्षको वारेन्टि र एयरपडमा समेत २ बर्षको वारेन्टिको सुविधा दिइरहेको छ ।
Comments are closed.