काठमाडौं । बनेपास्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पिटालिटीले गर्ने भएको छ । लस्ट होराइजन जंगल रिसोर्ट लिमिटेडको साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्ततिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो ।
समुद्री सतहबाट ५ हजार फिटको उचाईमा रहेको बनेपा, नेपालको पुरानो शहर हो । २५ एकड जमिनमा फैलिएको यो रिसोर्टबाट मौसम सफा भएको बेलामा सगरमाथा लगायत विभिन्न हिमाल र मनोरम पहाडको दृश्य अवलोकन गर्न सकिन्छ । काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर गु्रपकै प्रवन्ध निर्देशक सलिल पनिग्राहीले नेपाल दक्षिण एरियाको विलासी पर्यटकिय गन्तव्यको रुपमा अघि बढिरहेको र ग्राहक रमाइलो गन्तव्यको सूचीमा रहेको बताए ।
कार्यक्रममा नेपाल, भारत, श्रीलंका र भुटानका एटमोसफेर कोरका प्रवन्ध निर्देशक सौभाग्य महोपत्राल आरन्य नेचर रिसोर्ट प्रकृति र नेपाललाई नजिकबाट अनुभव गर्न सकिने रिसोर्ट रहेको बताएका छन् । लस्ट होराइजन जंगल रिसोर्टका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले रिसोर्ट नमोबुद्ध, बनेपामा रहेको थ्रान्गु ताशी याङ्त्से गुम्बा नजिकै रहेकोले एउटा मनोमोहक गन्तव्यको रुपमा इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिने बताए ।
रिसोर्टमा मनोमहक दृष्य हेर्न मिल्ने ठूला झया््ल सहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीटस्हरु हुनेछन् । आकर्षक स्वीमिङ्ग पुलको सुविधाले हरेक किसिमका आगन्तुकलाई लोभ्याउनेछ भने बालबालिकाका लागि छुट्टै किड्स क्लब पनि हुनेछ ।






Comments are closed.