३ अर्ब ५७ करोड बराबरको चिया निर्यात

काठमाडौं । आज २९औँ राष्ट्रिय चिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज पुल्चोकको हरिहरभवनमा चिया प्रदर्शनी गर्ने जनाएको छ ।

नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । त्यस क्रममा देशका विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा प्रदर्शन गरी चिया किसान, मजदुर, सहकारी, उद्योगी/व्यवसायी, सरोकार भएका संघसंस्थाका प्रतिनिधिबीच छलफल गरिने बोर्डले जनाएको छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको छ । बोर्डले यस वर्ष चियाको निर्यात ४ अर्ब ५० करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको छ ।

बोर्डका अधिकृत चन्द्र पुरीले नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्र रहेको जानकारी दिए । नेपालमा १५ हजारभन्दा धेरै चिया किसानहरु छन् ।

You might also like

Comments are closed.