पोखरा । नेवा खल कास्की ‘गण्डकी प्रज्ञा संस्कृति सम्मान’बाट सम्मानित भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकी प्रदेश पोखराले आफ्नो चौथो स्थापना दिवसको अबसरमा नेवा खल कास्कीलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले नेवा खल कास्कीका अध्यक्ष अशोक पाखिलेलाई सम्मान गरेका हुन् ।
नेवारी कला, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्याएकोमा नेवा खल कास्कीलाई सम्मान प्रदान गरिएको जनाइएको छ ।
Comments are closed.