काठमाडौं । देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकलतर्फका सबै मुख्य कार्यहरू सम्पन्न गरेको छ ।
कन्स्ट्रक्सनले सिभिल र हाइड्रो मेकानिकलतर्फ कार्यहरु २०८१ फागुन मसान्तसम्म सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण समेत गरिसकेको छ । माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल कार्य भने हाल भारतको बीएफएल कम्पनीले गरिरहेको छ ।
आयोजना निर्माण गर्ने क्रममा प्रत्येक वर्ष करिब ४ महिनासम्म “मालाङ” भनिने स्थानमा पहिरो जाँदा काम पूर्ण रूपमा अवरुद्ध हुने अवस्था रहेको देव ग्रुप अफ कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिृकत (सिईओ) नविन सिलवालले बताए । माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिविल तथा हाइड्रो मेकानिकल कार्यको सुरुवात औपचारिक रूपमा २०७९ साल फागुन १५ गते भूमिपूजन कार्यक्रम गरी गरिएको थियो ।
त्यसपश्चात् सिविल संरचनाको मुख्य कार्य देव ऊर्जा कन्स्ट्रक्सन प्रालिको तर्फबाट २०८० बैशाख महिनादेखि सुरु गरिएको हो । यस अयोजना २०८२ को असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिएको भएतापनि त्यो भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिया प्रशारण लाइनमा जोड्न सफल हुने कम्पनीका वित्तीय प्रमुख प्रदिप खतिवडाले जानकारी दिए ।
ठूलोखोला हाइड्रोपावरले निर्माण गरिएको यस आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएकामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वःपुँजी हुनेछ । सिटिजन्स बैंकको अगुवाइमा कृषि विकास र माछापुछ्रे बैंकको अयोजनामा लगानी रहेको यस आयोजना म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा धमाधम निर्माण भइरहेको छ ।
Comments are closed.