काठमाडौं । भोलीदेखि काठमाडौंको भृकुटीमण्डपमा बजाज मोटरसाइकलको ‘ग्राण्ड कार्निभल’ सुरू हुने भएको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले आयोजना गरेको ग्राण्ड कार्निभलमा उत्कृष्ट भ्यालुएसन तथा सहज फाइनान्स सुविधामा मोटरसाइकल किन्न र एक्सचेन्ज गर्न सकिने व्यवस्था रहेको छ ।
कार्निभलमा २० भन्दा धेरै भ्यालुएशन कम्पनीहरु सहभागी रहने कम्पनीले जनाएको छ । ग्राहकले कुनैपनि ब्राण्डको पूरानो मोटरसाइकल तथा स्कुटर ल्याएर उत्कृष्ट भ्यालुएशनमा आफ्नो पूरानो सवारी साधनसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले फाइनान्स स्कीम अन्तर्गत नागरिकताकै भरमा मोटरसाइकल खरिद गर्न सक्ने, कम्पनीले चलाई रहेको ‘खुसीको मिटर’ स्कीम समेत उपलब्ध हुनेछ । भोलीदेखि सुरु हुने कार्निभल आउँदो असोज ११ गतेसम्म चल्नेछ ।
Comments are closed.