काठमाडौं । सडक सुरक्षा सम्बन्धी समिक्षा बैठक सम्पन्न भएको छ । गत फेब्रुआरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धि मन्त्रीस्तरिय सम्मेलनका सहभागीको समिक्षा बैठक, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा बैठक बसेको हो ।
सो सम्मेलनमा नेपालले सडक सुरक्षाका प्रतिवद्धता जाहेर गरेको थियो । मन्त्रालयको सचिव केशवकुमार शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा सम्मेलनका सरकारी, गैर–सरकार तथा पेशागत समुदायका विभिन्न व्यक्तिवको सहभागीता रहेको थियोे ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) साउथ एशियाका डा. तासी र डब्लुएचओ नेपालका डा. ग्यापो दोर्जी, मन्त्रालयका सह–सचिवहरु सुशीलबाबु ढकाल, कृष्णराज पन्थ, नेपाल अटोमोवाइल्स एसोसीएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराई, डा. सुनिल जोशी, स्वतन्त्र अभियान नेपालकी रितु भट्ट, सडक विधागका शुभराज न्यौपाने, मोटरिङ्ग नेपालका किरण धिताल तथा यूथ फर रोड सेफ्टी इन नेपालकी मनिका वम्मा लगायत सहभागी थिए ।
नागरिक समुदायबाट भइरहेका कार्य शेयर गरिएको बैठकमा मन्त्रालय अन्तर्गतको सडक सुरक्षा सम्बन्धि कार्य र मिनीस्ट्रीयल मिटीङ्गको निष्कर्षको कामको तालमेल र योजना बारेमा छलफल भएको सो बैठकमा मन्त्रालयका अधिकारी तथा सडक सुरक्षा परिषदले गरेका प्रयासबारे प्रकाश पारेका हुन् ।
हाल नेपालमा मारेरसाइकलको संख्या बढेसँगै दुर्घटना र त्यसको नकारात्म प्रभाव डरलाग्दो बन्दै गएको परिपक्ष्मा डब्लुएचओका अधिकारीले गुणस्तरिया र डवल हेल्मेटको आवश्यकता र त्यसको सफल कार्यान्वयनमा आफ्नो अनुभव सुनाएका थिए ।
दर्जनौ अभिसन्धी अनुमोदन, प्रतिबद्धता कार्यान्वयन, सडक सुरक्षा ऐन र काउन्सील, सार्वजनिक यातायातको सुधारमा मन्त्रालय सक्रिय हुनुपर्ने बैठकमा सहभागीले बताएका छन् । कार्यक्रमको सहजिकरण सडक सुरक्षा काउन्सीलका सरोज प्रधानले गरेका हुन् ।
Comments are closed.